
झापा, १४ जेठ । बाढी पहिरोको जोखिम बढेपछि बीपी राजमार्गसहित देशका पाँच स्थानमा सडक अवरुद्ध भएको छ ।
बीपी रागमार्गसँगै कोसी, मध्यपहाडी, बेनी जोमसोम र हिल्सा सिमकोट सडक बाढीपहिरोको कारण अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सम्भावित बाढीको जोखिम बढेपछि खुर्कोट( नेपालथोक(कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सम्भावित पहिरोको कारण हिल्सा(सिमकोट सडक पनि बन्द भएको छ । उता बाढीपहिरोको कारण पाँचथरमा मध्यपहाडी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ ।
त्यसैगरी, म्याग्दीमा बेनी–जोमसोम सडकखण्डमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन् । भोजपुर र संखुवासभामा पनि मध्यपहाडी र कोसी राजमार्गमा बाढी पहिरोको कारण एकतर्फी मात्रै गाडी चलेका छन् ।
Facebook Comments Box


