
झापा, १९ जेठ । गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सञ्चय तथा कारोबार गरेको र डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषाको हंसपुर नगरपालिका–४ स्थायी घर भएका २९ वर्षीय डा। पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरिएको हो।
प्रहरीका अनुसार डा। यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलस्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। उनको गतिविधिबारे अनुसन्धान गर्दा अवैध क्रिप्टोकरेन्सी कारोबारको नेटवर्क सञ्चालन गरिरहेको खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणहरूबाट प्रतिबन्धित एप्लिकेसन बाइनान्स ९द्यष्लबलअभ० र बाइबिट ९द्यथदष्त० प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार भइरहेको फेला परेको प्रहरीले जनाएको छ।
भरतपुरस्थित एक अस्पतालमा कार्यरत डा। यादवले हालसम्म कति व्यक्तिबाट कति रकम ठगी गरेका छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


