
बाजुरा, २१ जेठ । बाजुरामा एक युवकको हत्या भएको छ । बुढीनन्दा नगरपालिका–६ को कोटिला निवासी स्थानीय ३२ वर्षीय निर रावतको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आपसी विवादका क्रममा गए राति १९ वर्षीय टेकेन्द्र रावतले निर रावतको हत्या गरेका हुन् । प्रहरीका अनुसार स्थानीय होटलमा मदिरा पिएपछि दुवै मातेका थिए । त्यसक्रममा उत्पन्न विवादले उग्र रुप लिँदा नीरको ज्यान गएको हो। टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आरोपी टेकेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले टेकेन्द्रलाई गएराति नै पक्राउ गरेको हो ।
Facebook Comments Box


