
झापा, २२ जेठ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि आगामी जेठ २८ गते राति १२ बजेसम्म कायम गरेको छ ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेल को अध्यक्षतामा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको थियो । बैठकले पछिल्ला दिनहरूमा देशभर क्रियाशील सदस्यता अद्यावधिकको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको निष्कर्ष निकाल्दै विभिन्न तहबाट समय अपुग भएको जानकारी प्राप्त भएकाले म्याद थप गर्ने निर्णय गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
समितिका अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयबमोजिम क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि जेठ २८ गते राति १२ बजेसम्मका लागि अन्तिम पटक थप गरिएको हो । समितिले सम्बन्धित सबै पार्टी सदस्यलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न अनुरोध गरेको छ।


