
झापा, २५ जेठ । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रियरअन्तर्राष्ट्रिय प्रज्ञा पुरस्कार’ प्राडा सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्र लाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ।
प्रतिष्ठानद्वारा जारी विज्ञप्तिअनुसार पाँच लाख रुपैयाँ राशिको उक्त पुरस्कार शिक्षा, विज्ञान, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप प्रदान गर्न लागिएको हो। यस्तै, ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ वरिष्ठ बागवानी विज्ञ चुटराज गुरुङ र एग्रो मनाङ प्रालि लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
पुरस्कार तथा सम्मान आगामी जेठ ३० गते काठमाडौंमा आयोजित समारोहमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
Facebook Comments Box


