
झापा, २७ जेठ । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २६ गते लागू औषध सहित ४ जना पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–१६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको धरान उप(महानगरपालिका–१५ का २८ वर्षीय सुजन लिम्बुलाई ५ ग्राम २१ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१६ का २७ वर्षीय दिपेश चौधरी, २८ वर्षीय सरोज चौधरी र बराहक्षेत्र नगरपालिका–९ का २४ वर्षीय दिपेन्द्र मोचेलाई ३ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित बराहक्षेत्र–१ स्थितबाट पक्राउ गरेको भने प्रहरीको सोही टोलीले बराहक्षेत्र–२ स्थित पटनाली जंगलमा बेवारिसे अवस्थामा रहेको को २४ प ६७४ नम्बरको मोटरसाइकल र १५ वटा बोरामा रहेको ४३० किलोग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।


