
झापा, ३१ जेठ । झापाको मेचीनगर नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान करिब ४ः५५ बजे मेचीनगर–४ वडा कार्यालय अगाडि स्थानीय ६२ वर्षीया पद्मा पौडेललाई घरबाट बाहिर निस्कने क्रममा अचानक आएको जंगली हात्तीले कुल्चिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको छ भने थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको निमित्त सूचना अधिकारी चौहाले बताउनुभयो ।
Facebook Comments Box


