
झापा, १६ असार । कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ७ सय ९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलिग्राम ब्राउन सुगर, १ थान मिनि ट्रक र १ थान मोटरसाइकल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थितबाट को १ ख ४६३५ नम्बरको मिनि ट्रकलाई संकालागी चेकजाँच गर्दा ट्रकको डाला भित्र अलुको बोराहरुले लुकाइ छिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्याउदै गरेको ७ सय ७५ किलोग्राम लागू औषध गाँजा सहित चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ३३ वर्षीय परीक्षण कुवँरलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय राजारानीले साँगुरीगढी गाउँपालिका–५ का २४ वर्षीय विशेष राईलाई २० किलोग्राम गाँजा र बा ६४ प १४३५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको छ ।
त्यसैगरी, मोरङको प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–६ का बिकुल राई र ज्ञानेन्द्र बिकलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका–६ का प्रदिप मण्डललाई २ ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।


