
झापा, १७ असार । सिरहामा पत्रकार दिलीप सहनीलाई दुर्व्यवहार र गोविन्द यादवमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
यही असार १३ गते पत्रकार सहनीलाई इलाका प्रहरी कार्यालय गोलबजारमा प्रहरी कर्मचारीबाट दुर्व्यवहार भएको थियो भने कर्जनहा नगरपालिका—७ का वडा अध्यक्षका छोराको आक्रमणबाट पत्रकार यादव घाइते भएको महासंघको सिरहा शाखाले जनाएको छ।
पेशागत धर्म निर्वाह गर्दा पत्रकारमाथि भएको यी घटना अत्यन्तै निन्दनीय र प्रेसविरोधी भएका महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।
Facebook Comments Box


