
झापा, १२ साउन । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ ।
संघले विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दमनको विरोधस्वरूप मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ । संघले बुधबार सर्वपक्षीय भेला आयोजना गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ ।
Facebook Comments Box


