
झापा, ६ भदौ । म्याग्दीको मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बहानामा ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय संजीतकुमार, ३५ वर्षीय राजकुमार साह र २१ वर्षीय सन्निकुमार दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार गरगहना सफा गरिदिने बहानामा रसायनको प्रयोग गरेर तौल कटाएर ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई दरवाङ र बाबियाचौरबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
Facebook Comments Box


