
खोटाङ, ७ भदौ । खोटाङमा जोत्दै गरेको हल गोरुको चट्याङ लागेर ज्यान गएको छ । बारीमा जोतिरहेको समयमा चट्याङ लागेर हलेसी तुवाचुङ नगरपालिका –९ सल्लेका दिलकुमार राईको हल गोरुको ज्यान गएको हो ।
जोतिरहनुभएका राई बेहोस् हुनुभएको स्थानीयले बताएका छन् । अहिले राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राईको हलगोरु भने घटनास्थलमै मरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
शनिबार अपरान्ह साढे ४ बजे जोतिरहेको समयमा चट्याङ लागेको थियो । जोतिरहेको समयमा चट्याङ लाग्दा हल गोरुको हलो जुवासहित ढलेर घटनास्थलमै मरेको स्थानीयले बताएका छन् ।
Facebook Comments Box


