
झापा, ९ भदौ । स्थानीय बजारमा आज सुनको मूल्य पाँच सय र चाँदीको मूल्य ६५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य चार हजार नौ सय कायम भएको जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार सात सय र चाँदीको चार हजार नौ सय ६५ कायम भएको थियो ।
Facebook Comments Box


