
सुनसरी, १७ भदौ । सुनसरीबाट लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरिएको छ ।
भदौ १६ गते सुनसरीको दुहबी नगरपालिका –११ नहर चौक स्थित भित्री सडक खण्डमा अस्थाई प्रहरी चौकी तनमुनाबाट खटिएको प्रहरी टोलीले नहर चौक देखि शुक्रबारे तर्फ जादै गरेको को २१ प ७९८० नम्बरको मोटरसाईकलबाट गाँजा २८ के।जी। बरामद गरि मोटरसाईकल चालक सुनसरी देवानगंज गाँउपालिका ३ का २३ बर्षीय एम.डी. जावेद मियालाई पक्राउ गरेको छ ।
यसै गरी हिजै सुनसरीको कोशी गाँउपालिका १ लौकही स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले मधुवनबाट लौकही तर्फ आउदै गरेको ना. ६० प. ५३९१ नम्बरको मोटरसाईकलबाट गाँजा १७ किलो १४० ग्राम फेला परे पश्चात मोटरसाईकल चालक भारत सुपौल पञ्चायत फत्तेपुर वडा नं. १ बस्ने २१ बर्षीय दिपक कुमार पोदारलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।


