
फिल्म ‘पार्वती’ले बक्स अफिसमा पहिलो साता डेढ करोड बढी कमाई गरेको छ । चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ सम्मको ब्यवसायलाई लिएर सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी १ करोड ५८ लाख ८४ हजार १३७ भएको उल्लेख छ ।
यो अवधिमा फिल्मलाई ५४ हजार ७३५ जनाले हेरेका छन् । अभिनेत्री नीता ढुंगानाको निर्देशन रहेको फिल्म ‘पार्वती’ अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर बनेको हो ।
फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय छ ।
Facebook Comments Box


