
खोटाङ, ६ माघ । उदयपुर त्रियुगा नगरपालिका–६ बस्ने २८ बर्षीय देब नारायण चौधरीलाई ट्याक्टरले किच्दा उनको मृत्यु भएको छ।
आज राती ०१ः४५ बजेको समयमा खोटाङको हलेसीबाट रंबुवा तर्फ जाँदै गरेको ना५ त ७१५४ नम्बरको ट्याक्टर दिक्तेल सडकखण्ड स्थित ऐसेलुखर्क भन्ने स्थानमा अचानक अनियन्त्रित भइ सडक देखि अन्दाजी २५ मिटर तल पल्टिई दुर्घटना हुदा सोही ट्याक्टरका चालक देब नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

