
झापा, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन (अनेरास्ववियू) झापाको संयोजकमा दमकका अनिल सुवेदी चयन भएका छन् ।
अनेरास्ववियूले सबै जिल्लामा संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएसँगै झापाको संयोजकमा सुवेदी चयन भएका हुन् । उनी यसअघि त्तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य थिए ।
त्यस्तै सहसंयोजकमा दुर्गा धमला चयन भए । अनेरास्ववियूको केन्द्रीय कमिटीले पूर्णता पाएसँगै ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक टुंगो लगाएको हो । अनेरास्ववियु केन्द्रीय कमिटीको पहिलो बैठकको जिल्ला संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको अनेरास्ववियुका संयोजक ऐन महराले बताए ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भएर नेकपा बनेपछि उसका भातृ संगठनहरुले पनि एकता गरिरहेको र त्यस अनुरुप अनेरास्ववियुको समेत एकता गरिएको सहसंयोजक रञ्जित तामाङले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

