
सुनसरी, १० माघ । सुनसरी हरिनगरा गाँउपालिका–२ भुटाहा बस्ने ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा–४ बस्ने ४२ बर्षीय लुकमान अन्सारी गाई काटेको आरोपमा पक्राउ परेका छन ।
आज बिहान सँवा १० बजे सदुल अन्सारी को घरमा गाई काटेको छ भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई उनको घरमा बुझ्दा गाईको टाउको, खुकुरी र अचानो सहित दुबै जनालाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

