
काठमाडौं, १० माघ । नेपाल एयरलाइन्सका २० भन्दा बढी पाइलटहरुले एकसाथ सामूहिक राजीनामा पत्र बुझाएका छन ।
सेवा–सुविधामा विभेद भएको भन्दै ‘राजीनामा नोटिस’ लेखिएको चेतावनी पत्रमा २० पाइलटको हस्ताक्षर छ । स्वदेशी र विदेशी पाइलटबीच गरिने मतभे’दलाई अ’सन्तुष्ट जनाउदै राजिनामा पत्र बुझाएका हुन् ।
सबै पाइलट अन्तर्राष्ट्रिय उडानका जहाज उडाउने हुन् । ४० पाइलटमध्ये २५ जनाले सामूहिक राजीनामा दिन लागेका हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को(पाइलट हुन्। उनीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन । व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

