
मोरङ, १५ माघ । फेसबुकमा अनलाइन पसल देखाएर लाखौँ ठगी गर्ने एक गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट नगद ६७ लाख १९ हजार ७५०, ३७ वटा एटीएम कार्ड, ५८ वटा चेकबुक लगायत विभिन्न सामान बरामद गरिएको हो । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–३ का निरन्जनप्रसाद आचार्य, जन्तेढुंगा गाउपालिकाका शिवजी खड्का, देवी चौलागाई, सुनसरी धरान नगरपालिकाकी भवना राई, सरिता परियार, वर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्की रहेका छन् ।
उनीहरुले सामान फेसबुकमार्फत अर्डर गरी ह्वाट्स एपमार्फत बैकमा पैसा हाल्न लगाउने र सामान नै नदिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

