
काठमाडौं,१५ माघ । काठमाडौंमा बंगलादेशी ४५ वर्षीय मोहिद्दिन अहमदको ह’त्या भएको छ । सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको ह’त्या भएको हो । अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् ।
एक हप्ताअघि उनको ह’त्या भए पनि ढिला गरी सार्वजनिक भएको हो । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरले बोतलले टाउकोमा हानेको अवस्थामा उनको शव भेटिएको बताए । अहमद क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ । उनीसँगै होटलमा बसेका एक जना फरार छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

