
काठमाडौं, १७ माघ । एक सरकारी जागिरमा रहेका कार्यालय सहयोगीले आफ्नो सेवा अवधिमा कति रकम आम्दानी गर्लान्रु एक करोड वा त्यो भन्दा बढी । तर मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले भने झण्डै ९ करोड भन्दा बढी सम्पत्ति कमाएका छन् ।
बस्नेतमाथि अ’बैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले हालै मुद्दा दायर गरेको छ । अवैध सम्पत्ति आर्जन गरेको कसुरमा विगो ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ कामय गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
बस्नेतले २०४५ साल असोज १९ देखि मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति भई सरकारी सेवा शुरु गरेका थिए । उनले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि आर्थिक वर्ष २०७५।०७६ सम्मको अवधिलाई हेर्दा पारिश्रमिक, घरजग्गा बिक्री, सवारीसाधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा, आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गर्दा ७४ लाख ७३ हजार ३ सय ७३ वैध आय देखिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

