
इलाम, १७ माघ । इलामको माङसेवुङ गाउँपालिका–३ का २२ वर्षीय विशाल राई र २३ वर्षीय शिवकुमार राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ ।
दुवै जनालाई गाउँमा शंकास्पद गतिविधिहरु गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलिले निजहरुलाई २ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १५० ग्राम बारुद समेत फेला परेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । भरुवा बन्दुक सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

