
झापा, २० माघ । नेपाली युवाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भएपनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ ।
विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्दा मलेसिया नेपाली युवाको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण श्रम गन्तव्य रहेको पाइएको हो ।
हालसम्म रोजगारीका लागि मलेसिया गएका नेपालीमध्ये लगभग २ हजार ५ सयले विभिन्न कारणले ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

