
झापा, २१ माघ । निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् ।
सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब २ हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वकटा पुल अलपत्र अवस्थामा पाइएको छ ।
सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले पुल निर्माण कार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने मौन रहेको भन्दै आक्रोश व्यक्त गरे ।
अन्तरमन्त्राल समन्वय हुन नसक्दा विकास निर्माणका कामहरु प्रभावित भएको भन्दै समन्वयकारी भूमिका कमजोर भएकोप्रति ध्यान दिनुपर्ने बताएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

