
उदयपुर, २३ माघ । उदयपुरको त्रियुगा नगरपालिका–१३ बाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–१२ का बिकाश कट्वाल र त्रियुगा नगरपालिका–११ का २५ बर्षीय सुवास धमलालाई स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

