
मोरङ, २८ माघ । सुनसरी दुहबी–८ बस्ने २७ बर्षीय दिपेश चौधरीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।
हिजो राती ११ बजे मोरङ बुढिगंगा–५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडि भित्री सडकखण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना हुँदा सोही मोटरसाइकलका चालक चौधरी गम्भीर घाइते भइ बिराट नर्सिङहोम बिराटनगरमा उपचार भइरहेकोमा उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

