
काठमाडौं, २ फागुन । नेपाल सरकार र साउदी अरव सरकारबीच डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्युनतम मासिक पारिश्रमिक वृद्धिमा सम्झौता गरे पनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन नगरेको पाइएको छ ।
नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गरे पनि रोजगारदाताले कार्यान्वयन नगरेका पाइएको हो ।
नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सिपअनुसारको पारिश्रमिक र खाना सुविधासम्बन्धी निर्णय गरेको भए पनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन । साउदीस्थित नेपाली दूतावासले पनि बढेको पारिश्रमिक कामदारले नपाएको जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

