
झापा, ३ फागुन । झापाको बाह्रदशी गाउँपालिका–२ गच्छीमारीमा ट्याक्टरबाट लडेर स्थानीय २० वर्षीय सुनिल मुर्मुको मृत्यु भएको छ ।
शुक्रबार अपरान्ह साँढे ४ बजेको समयमा गच्छीमारीको भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ६८२३ नम्बरको ट्याक्टरमा सवार रहेका मुर्मु सोही ट्याक्टरबाट लडेर घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

