
ताप्लेजुङ, ३ फागुन । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रिय समितिको आयोजनामा १२ औं केन्द्रिय एतिहासिक पार्षद भेला ताप्लेजुङको फुङलिङमा सुरू भएको छ ।
शनिबार विभिन्न झाकि रयाली गरेर नगर परिक्रमा गर्दै क्रयाक्रमको उद्घाटन गरिएको थियो। तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रिय अध्यक्ष रेशम गुरूङको अध्यक्षताभएको क्रयाक्रमको समुउद्घाटन संस्थाका संरक्षक माया गुरूङले गर्नुभएको थियो । भेलामा देशै भरिबाट ७७ रै जिल्लाका संगठन प्रतिनिधि, प्रदेश प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रध्यापक डा. ओम गुरूङले गण्डकी प्रदेश खारेज गरेर तमुवान स्थापित गर्न माग गर्नुभयो ।राज्यले आदिवासी जनजातिको पहिचान लाई पछाडि परेको र आदिवासी जनजाति बिना भ्रमण बर्ष २०२० सफल नहुने बताउनु भयो । त्यस्तै गण्डकी प्रदेशका प्रदेशसभा संसद मन कुमारी गुरूङले गुरूङ समुदायलाई पछाडि राखेर यो मुलुकमा समृद्धि अघि बढ्न नसक्ने बताउनु हुँदै बर्तमान सरकारले हाम्रो पहिचानको मुद्दालाई बेवास्ता गरेर समृद्धिको नारा सम्भब नरहेको बताउनुभयो ।
त्यस्तै नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष जगत बहादुर बरामले तमुहरूको आन्दोलन ,पहिचानको आन्दोलनले स्थापित तमु ल्होसार बर्तमान सरकारले बिदा कटौटि गरेकोमा खेद प्रकट गर्नुभयो । उहाँले भनुभयोूयो देश बहुजाती ,बहुधामिक ,बहुसंस्कृतिक रहेकोे तर सरकार राज्य सत्ता सासकले एउटै धर्म,एउटै भेष एउटै भाषाको देश बनाउन खोजेको आरोप लगाउनु भयो ।
क्रायक्रममा भाषाविद् अमर तुम्याङ, फुङलिङ नगरपालिकाका प्रमुख क्षत्रपति प्याकुरेल , जिल्ला संमन्ब्य समिति प्रमुख घनेन्द मादेन,उधोग बाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरे लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने क्रायक्रमको संचालन संस्थाका केन्द्रीय महासचिव सुर्य गुरुङ र सहसचिव डम्बर गुरूङले गर्नुभएको थियो । पहिलो दिन उद्घाटन पछि जतिय सांस्कृतिक नृत्य ,विभिन्न जिल्लाका प्रतिनीधीहरुबाट रिपोटिङ प्रस्तुत गरिएको थियो।
फाल्गुन ४ भोलि बाट बिहान “राष्टिय जनगणना २०७८ बिषयक”शिर्षकमा प्राध्यापक डा।योगेन्द्र गुरुङले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यस्तै “पहिचान” शिर्षकमा प्राध्यापक डा।ओम गुरुङले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने “अस्तित्व” शिर्षकमा भाषाविद अमर तुम्मेङ र मेगराज गुरुङद्वारा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।त्यसैगरी ूपिछाडि पारिएका जातजाति र वर्ग क्षेत्रका समुदायलाई मुल प्रवाहिरण गर्ने सन्दभूशिर्षकमा जगत बहादुर बरामले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ।
“ भ्रमण वर्ष २०२० लाई प्रर्वद्वन गर्न तथा पाथिभरा म्याराथुन र मेची पर्यटन महोत्सवमा सघाउ पु¥र्याउने उद्वेश्यले देशभरका गुरुङ समुदायको छाता संगठन सँस्था तमु ह्युुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समितिकोआयोजना तथा तमु ह्युुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला ताप्लेजुङको ब्यवस्थापनमा फागुन ३ गते आज सुरु भई ४ आईतबार भोलि सम्पन्न हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

