
मोरङ, ३ फागुन । जिल्ला मोरङ बुढीगंगा गाउँपालिका(१ ढाट स्थित राजमार्गमा टिफर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।
आज बिहान पउने ८ बजे को १ ख ७३०९ नम्बरको टिफर र प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकलमा सवार रहेका ३ जना मध्ये २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाईकल चालक सप्तरी चन्नी मल्हनिया–२ बस्ने २८ बर्षीय हरेराम साह र पछाडी सवार सिरहा सुखीपुर–२ बस्ने २४ बर्षीय मोहमद अजिर राईन (मुस्लिम) रहेका छन ।
यसै गरी मोटरसाईकल पछाडी सवार रहेका अर्का सप्तरी रुपनी बस्ने १९ बर्षीय धनराज यादब गम्भीर घाईते भएकोमा उनको कोशि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। टिफर र टिफर चालक मोरङ ग्रामथान(७ बस्ने सशी कुमार थान्दार ईलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।
यसैबीच, मोरङ सुन्दरहरैचा–८ सलकपुर स्थित पुर्ब पश्चिम राजमार्गमा दुई वटा मोटरसाईकल ठक्कर खाई दुर्घट्ना हुँदा दुबै चालकको मृत्यु भएको छ ।
शुक्रबार राती पउने १२ बजे को ३७ प १७ नम्बरको मोटरसाईकल र को३४ प ६६०२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा को ३७ प १७ नम्बरको मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा–८ बस्ने २२ बर्षीय बिशाल खत्री र अर्का चालक सोही स्थानका २३ बर्षीय अर्पण गुरागाईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

