
झापा, ४ फागुन । सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले सो सशर्त अनुदान निकासा गरेको हो ।
काममा लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न तत्कालका लागि सशर्त अनुदानको रुपमा ४ किसिमका स्थानीय तहलाई सो रकम निकासा गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेले जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

