
मोरङ, ४ फागुन । मोरङ जहदा गाउँपालिका–५ का ३५ बर्षीय बिरेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।
आज बिहान सँवा ९ बजे जहदा स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको को ३७ प ९७४३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको को १२ प ६२२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा को ३७ प का चालक बिरेन्द्र मण्डलको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुबै मोटरसाईकल र अर्का चालक सोहि स्थानका अभिषेक मण्डल प्रहरी चौकी मझारेको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

