
मोरङ, ८ फाल्गुन। मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेखमाया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
आज बिहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भए सँगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले घर बाहिर खेतमा मृत अबस्थामा फेला पारेको थियो ।
मृतकको शव कानूनी प्रकृया पूरा गरी परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

