
मोरङ, ८ फाल्गुन । मोरङ सुनवर्सी–२ महाराजथान बस्ने सन्तोष शर्माको छोरा १९ महिनाको प्रदिप शर्माको पानीमा डुबी मृत्यु भएको छ ।
आज दिउँसो साढे १ बजे खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबी मृत अवस्थामा निज नाबालकको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी अमरदहमा जानकारी गराउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले मोरङले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

