
बिर्तामोड, ९ फागुन । झापाका समाजसेवी व्यक्तित्व तथा नेपाल दशनामी समाज झापाको भवनलार्ई ४ कठ्ठा जग्गा प्रदान गर्ने मानबहादुर गिरीको निधन भएको छ ।
गिरीको ९६ बर्षको उमेरमा निजि निवास बिर्तामोड–५ मा शुक्रवार राती २ बजे निधन भएको हो । उनको शुक्रवार कनकाईमाईमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । गिरीको तत्कालीन भोजपुर जिल्लाको अन्नपूर्ण गाविसमा १९८२ सालमा जन्म भएको थियो ।
सामाजिक कार्यमा सक्रिय गिरीले भोजपुरको सिद्धकाली मन्दिरमा ९० मिटर, इलामको पाथिभरा मन्दिरमा अढाईसय मिटर पक्की सिढी निर्माण गरिदिएका छन् । मृतक गिरीले अनारमनी पब्लिक स्कुललाई ५ लाख रुपैयाँ सहयोग, बिर्तामोडको देवी बिद्यालयमा २ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । त्यसैगरी भोजपुरकै अन्नपूर्ण बिद्यालयलाई २ लाख ५० हजार, झापा चारपानेको साङ्गवेद बिद्यालयलाई २ लाख २५ हजार साथै विभिन्न सामाजिक कार्यमा अतुलनीय योगदान गरेका छन् ।
उनका जेठा छोरा हर्कलाल गिरी नेपाल दशनामी समाजका केन्द्रिय सल्लाहकार तथा समाजसेवी हुन् । माइला छोरा हरिलाल, साइला कृष्ण छन् भने श्रमती भगवती र कान्छा छोरा कुमारको निधन भइसकेको थियो । उनका एक मात्र छोरी कुन्ति हुन् । गिरीका ५ नाती, ४ नातीनि, एक पनाती रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

