
काठमाडौं, १३ फागुन । हेटौडा उपमहानगरपालिका–१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन् ।
१ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ््ना विवाहित छोरीलाई पनि अंश दिएका छन् । उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ ।
२०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बताए पनि यो व्यवहारमा लागू हुन नसकेको अवस्थामा हटौंडाका नागरिक भने नमुना बनेका छन् ।
हालसम्म पनि एकाधबाहेक बाबुआमाले छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिए पनि छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिए पनि छोरीलाई अंश दिलाउने कानुनहरु यसअघि पर्याप्त नभएको सम्बद्ध विज्ञहरुको भनाइ छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

