
झापा, १४ फाल्गुन । झापाको मेचीनगर नगरपालिका—६ बाट अबैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३ लाख मुल्य बराबरको समान बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे अवैध रुपमा भन्सार छलि नेपालबाट भारत तर्फ लैजाँदै गरेको सुपारी, ओखर, छोकडा गरी जम्मा २६ बोरा अन्दाजी मुल्य ३ लाख बराबरको समान बरामद गरेको हो ।
अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालयमा बुझाईने उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

