
भोजपुर, १४ फागुन । भोजपुरको हतुवागढी गाउँपालिका–६ का २८ वर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ ।
हिजो मंगलबार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलासमा लागेका स्थानीयबासीको टोलीले राईलाई आज बिहान स्थानीय ठाडो खोलाको बगरमा ढुङ्गामा च्यापिएको अवस्थामा मृत फेला पारेका थिए ।
घटना सम्बन्धमा आज बिहान खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

