
तेह्रथुम, १४ फागुन । तेह्रथुमको फेदाप गाउँपालिका–२ का ५७ वर्षीय टेकहादु लिम्बु पंचमी सल्लेरी सामुदायिक वनको कुलो मुनी मृत फेला परेका छन् ।
मंगलबार बिहान ७ बजे कुलो बनाउन भनी गएका लिम्बु घर फर्केर नआएपछी खोजतलास गर्दे जाने क्रममा आज बिहान उक्त स्थानमा, कुलो भन्दा करिव १०० मिटर तल मृत फेला परेका थिए ।
घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

