
अर्जुनधारा, १४ फागुन । अजुर्नधारा नगरपालिकाले नगरलाई पर्यटन प्रवर्धन गर्ने उदेश्यले नगर महोत्सव गरेको छ । नगरका प्रत्येक वडामा महोत्सव जारी राखेको छ । यसै क्रममा बुधवार वडा नं ९ मा मोत्सव सम्पन्न गरेको छ ।
वडा नं ९ मा भएको महोत्सवमा कला , संस्कृति , साहित्य , लगायतका कार्यक्रम गरिएका छ भने स्वास्थ्य शिविर ,कृषि सेवा तथा पशु सेवा लगायतका विभिन्न सेवा प्रदान गरिएको थियो । कार्यक्रममा बिभिन्न जातिय नृत्य तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
प्रदेश नं. १ प्रदेशसभा सदस्य विर्ख प्रधानकोे प्रमुख आतिथ्यता भएकोे कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडाको बिशिष्ट आतिथ्यतामा भएको थियो । वडा नं. ९ का अध्यक्ष पुष्पकुमार प्रसाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

