
झापा, १६ फागुन । मोरङ र झापा जिल्लाका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका–६ बाट लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ५ बजे कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष धिमालको साथबाट डाइजेपाम २६ ट्याब्लेट, फेनारागन २६ ट्याब्लेट र लुपिजेसिक २६ ट्याब्लेट बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
त्यस्तै, बिहीवार दिउँसो प्रहरी चौकी कोयलपुवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार रहेका चालक सुन्दरहरैचा–११ का ३३ बर्षीय सुरेन्द्र राई र मोटरसाइकलको पछाडी सवार रहेका ईटहरी उपमहानगरपालिका–५ का २६ बर्षीय मनिष परियारलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एभिल ३८ ट्याब्लेट, फेरागन १९ ट्याब्लेट, डाईजोल्याब २४ ट्याब्लेट, लुपिजेसिक २४ ट्याब्लेट, सामसुङ मोवायल २ थान, लेनोभो मोवायल १ थान र नोकिया मोवायल १ समेत बरामद गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्याल मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान राती पौने १ बजे बिराटनगर महानगरपालिका–११ का २६ बर्षीय दिपेश श्रेष्ठ र निजकै श्रीमती २१ बर्षीया तृष्णा श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक, एभिल र डाईजोल्याप नामक २६० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने ३ थान सिरिन्ज समेत बरामद गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

