
झापा, १८ फागुन । झापाका ३ छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा अबैध रुपमा निर्यात भईरहेको करिव १५ लाख मुल्य बराबरको समान बरामद भएको छ ।
शनिवार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको कचनकवल गाउँपालिका-४ बाट अबैध रुपमा नेपालबाट भारत तर्फ साईकलमा लोड गरेर लैजाँदै गरेको हरियो मटर र मरिच गरी ८ लाख ९५ हजार रुपैयाँ बराबरको समान बरामद गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको १ लाख ६६ हजार रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाटै करिव ५ लाख २८ हजार रुपैयाँ बराबरको सुपाडी र हरियो मटर बरामद गरेको थियो ।
अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागी आजै मेची भन्सार कार्यालय बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

