
अर्जुनधारा, १९ फागुन । झापाको अर्जुनधारामा सोमबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम आयोजना गरिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा अर्जुनधाराका विद्यार्थी, शिक्षक–शिक्षिका र अभिभावकका बीच समुदाय–प्रहरी सोझेदारीसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो । अर्जुनधारा–३ स्थित भानु आधारभूत विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यष भोला बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इप्रका अनारमनीका डीएसपी मुकुन्दप्रसाद रिजालले जिल्लामा बढ्दै गएको आलू औषधको प्रयोग र साइबर क्रायम न्यूनिकरणका उपायका बारेमा झण्डै दुई घण्टाको प्रस्तुति दिएका थिए ।
बालबालिकालाई लागु औषध र सामाजिक सञ्जालको कुलतमा पर्न नदिन अभिभावकहरुले अपनाउनुपर्ने सावधानी, विद्यार्थी र शिक्षक–शिक्षिकाको जिम्मेवारीका बारे रिजालले प्रष्ट्याएका थिए ।
झापा प्रहरीले जिल्लाव्यापि रुपमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोमबार नै विर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमीमा पनि उक्त कार्यक्रम गरिएको डीएसपी रिजालले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

