
सुनसरी, २० फागुन । सुनसरी बराहक्षेत्र–७ देबिघाट बस्ने नर बहादुर बर्देवाको छोरी १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी छिन ।
आइतबार दिउँसो घरबाट कोही कसैलाई नसोधि हिँडेकी मौसम सोमबार दिउँसो सुनसरी बराहक्षेत्र–६ ठाकुरबारीको कोशी किनारमा मृत अवस्थामा फेला परेकी हुन ।
घोप्टो परेको अवस्थामा मृत फेला परेकी बालिकालाई स्थानीय गोठालाले देखी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ स्थानीय सहित घटनास्थलमा खटिएको प्रहरी टोलीले बालिकाको पहिचान गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

