
सुनसरी, २० फागुन । सुनसरी बराहक्षेत्र–७ देबिघाट बस्ने पुर्णबहादुर लिम्बुको छोरा १९ बर्षीय पारस लिम्बु मृत अवस्थामा फेला परेका छन ।
हिजो दिउँसो साढे २ बजे घरबाट कोहि कसैलाई नसोधि हिडेका लिम्बु बराहक्षेत्र–६ ठाकुरबारीको कोशी किनारमा पानी जमेको खाल्टोमा मृत अवस्थामा फेला परेका हुन । हिजै सोही स्थानमै देबिघाट बस्ने १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी थिईन ।
घटनास्थलमा पुगेका पारस लिम्बुको बुबाले सोही स्थानमा आफ्नो छोराको मोबाईल र चप्पल देखेपछी आफ्नो छोराको खोजीका लागी प्रहरीमा खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पानीमा तैरिएको अवस्थामा बालिकाको शव निकाल्ने क्रममा सोही पानी जमेको खाल्टो मुनीबाट हराएका भनिएको १९ बर्षीय पारस लिम्बुको शव समेत फेला पारेको थियो ।
दुबैको शव एकै ठाउँमा फेला परेको पाईएसंगै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

