
बिर्तामोड, २२ फागुन । झापा अर्जुनधारा–११ का २३ वर्षीय समिर माझी र २२ वर्षीय सुरज माझी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन ।
हिजो अपरान्ह पौने ५ बजे भारतिय बजार पानीटंकीबाट काँकडभिट्टा सिमा एरिया तर्फ आईरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाचँ गर्ने क्रममा उनिहरुको साथबाट ४।५ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाइ ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

