
अर्जुनधारा, २३ फागुन । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित सालबारीमा पाँच जना सुत्केरी महिलालाई आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बीच आमा शिशु कार्यक्रम अन्तरगर्तको सामाग्री हस्तान्तरण गरिएको हो ।
नगरपालिकाकी उप–प्रमुख कमला खतिवडा आर्चाय र नगरको स्वास्थ्य टिमले सुत्केरी महिलालाई परामर्श सहित झुल, नेपकिन, डाइपर, बोतल, ब्ल्याङ्केट थर्मोमिटर लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।
बच्चा जन्मेको साताभित्र वडा कार्यालयको स्वास्थ्य शाखामा जानकारी गराइएपछि सुत्केरीकालागि आवश्यक सामाग्री प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

