
झापा, २६ फागुन । झापा र मोरङका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।
आईतवार साँझ साँढे ६ बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका–८ का २९ बर्षीय कमान सिंह राईलाई १५ ग्राम खैरो हेरोइन ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
भारतिय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट १५ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका(७ का ३४ बर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका(१३ का २२ बर्षीय बिष्णु गिरीलाई १ ग्राम २५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । नियन्त्रीत लागूऔषध सहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

