
इलाम, २६ फागुन । इलामको माङसेबुङ गाउँपालिका–६ नागी बस्ने २६ बर्षीय भुपाल राईको रूखले किचेर मृत्यु भएको छ ।
आइतबार दिउँसो २ बजेको समयमा घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा रूख ढलेर आफैँलाई किच्दा घाइते भएका राईलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

